Breaking News

माओवादीलाई फकाउँदै कांग्रेस, राष्ट्रियसभा उपाध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने

Banner

काठमाडौँ, माघ २२–

एकाएक सत्ताबाट बाहिर हुन पुगेको नेपाली कांग्रेस पुनः सत्तामा पुग्न प्रयासरत रहेको छ । यसैक्रममा कांग्रेसले माओवादीलाई फकाउने क्रम बढाउँदै लगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर फकाउन सुरु गरेको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>