Breaking News

नेता, कलाकार, खेलाडी लोकप्रिय भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिन हुँदैनः उपसभापति पूर्णबहादुर खड्‍का

Banner

काठमाडौं, माघ २१-

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति ग्राह्य नहुने बताएका छन्।

बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले उक्त कुरा लेखेका हुन्।

उनले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने बताएका हुन्।

‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान। यो बेग्लै कुरा हो,’ उनले भने, ‘तर बलात्कार अभियोग वा कुनै पनि अभियोग लागेका व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्दैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>