Breaking News

सन्दीपको निलम्बन फुकुवाप्रति गगन थापाले जनाए आपत्ति, तत्काल निर्णय फिर्ता लिन माग

Banner


काठमाडौं,माघ २०-

सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरिएकोमा आपत्ति जनाएका छन् । शुक्रबार साँझ फेसकुबाट थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुनेमा आफू स्पष्ट रहेको बताएका छन् ।

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाकाबारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ– बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न, उनले भनेका छन् ।

उनले आफूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको सन्दीवको विषयमा हतारमा कुनै पनि निर्णय नलिन आग्रह गरेको पनि बताएका छन् । एक साता अघि नै यो प्रसंग आउना साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ)लाई भेटेरै नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेन, थापाले लेखेका छन् ।

उनले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा गरेको निर्णय गलत रहेकाले तत्काल फिर्ता लिनुपर्ने मागसमेत गरेका छन् । गएको मंगलबार क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । उनको नाम समेट्दै क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।

बलात्कारको अभियोग लागेका सन्दीप उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका हुन् । आजै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सन्दीपबारे क्यानले लिएको निर्णयमा आपत्ति जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>