चितवन विशेष

प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुने

Banner


चितवन,माघ २०-

पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाले १७ औं खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सव माघ २९ गतेदेखि फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिनेछ ।

महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुब गिरीले जानकारी दिनुभयो । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताउनुभयो । महोत्सवअन्तर्गत कार्यक्रम स्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन समेत गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>