Breaking News

नारायणकाजी श्रेष्ठ माधव नेपाललाई भेट्न पुगे नेकपा एसको कार्यालय

Banner


काठमाडौं,माघ २०-

उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न केन्द्रीय कार्यालयमा पुगेका छन् । अध्यक्ष नेपालसँग छलफल गर्न श्रेष्ठ आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ । दुई नेताबीचको छलफलमा नेकपा एसका उपमहासचिव डा.गंगालाल तुलाधर पनि सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>