मनोरञ्जन
७० वर्षअघिको नेपाली समाज चित्रण गर्ने फिल्म ‘नम्बरी सुन’को छायांकन

काठमाडौँ, माघ २०-
गौरव पहारी, नम्रता सापकोटा र सरोज खनालको प्रमुख अभिनय रहने फिल्म ‘नम्बरी सुन’को छायांकन ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट सुरु भएको छ । लितपुरस्थित सिकाली मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको हो ।
राजु गिरीले निर्देशन गर्ने र ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने फिल्मको शुक्रबार सिनेमाको एक गीत सुटिङ गर्दै चलचित्रको छायांकन सुरु गरिएको छ।
नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने फिल्ममा ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले प्रमुख खलपात्रको भूमिका निर्वाह गर्दैछन् । यस्तै ‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामिछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न् भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिनेछ ।

























