अर्थ

भरतपुर महानगरपालिकाको राजस्व संकलनमा कमी

Banner

भरतपुर, माघ २०–
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर संकलनमा कमी आएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल असन्तुष्ट बन्नु भएको छ ।

बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९/०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको लागि रु एक अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

महानगरपालिका हुनलाई न्युनतम रु एक अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ । महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दान कमी भएपनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौका आयोजनाहरु सञ्चालन गर्दै आएको छ ।

महानगरपालिका प्रमुख दाहालले राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु एक अर्ब संकलन हुनेमा समेत आशंका व्यक्त गर्नुभयो । भरतपुरको राजस्व संकलनको अवस्था निकै टिठ लाग्दो रहेको बताउनुभयो । करको दायारलाई फराकिलो पार्दै अभियानलाई तीव्र रुपमा अगाडि बढाएर महानगरको लक्ष्य पूरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिनुभयो ।

कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो । भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो । अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो । चालू आर्थिकको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ ।

यसैबीच, कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफ्नो घरको घरवाहल कर तिरेर अभियानको उद्घाटन गरिएको छ । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>