मनोरञ्जन
कलाकार केदार दवाडीको निर्देशन रहेको ‘अन्तिम फैसला’ माघ २१ मा प्रर्दशन हुने
०

चितवन,माघ १९-
कलाकार केदार दवाडीको निर्देशनमा रहेको फिल्म ‘अन्तिम फैसला’ च्यारिटी शो हुने भएको छ । सामाजमा बेरोजगार रहेका युवाहरुको विषयमा आधारित फिल्म यही माघ २१ मा शो हुने भएको हो । उक्त फिल्म भरतपुर–२१, पार्वतीपुरमा अवस्थित सत्कार पार्टी प्यालेसमा बिहान ११ बजे प्रर्दशन हुनेछ । चलचित्रमा केदार दवाडी, पार्वती लोहनी, बुद्धीमान गुरुङ्ग, लक्ष्मण गहतराज लगाएतका कलाकारको भुमिका रहेको छ ।
निर्देशक दवाडीले चलचित्रले समाजमा रहेका बेरोजगार युवाहरु माथी समाजले हेर्ने नराम्रो दृष्टिकोणलाई देखाउदै सकरात्मक सन्देश दिने बताउनुभयो ।
चलचित्रमा देव महर्जनको एक्शन, मनोज चौधरीको छायाँकन, रेहान मियाको सम्पादन रहेको छ भने बुद्धीमान गुरुङ्ग तमुको निर्माणमा कलाकार केदार दवाडीको लेखन-निर्देशन रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





















