मनोरञ्जन
‘छक्कापञ्जा ४’ र ‘छड्के २’ प्रदर्शन हुनेभएपछि ‘परस्त्री’ र ‘परदेशी २’को रिलिज रोकियो
०

काठमाडौं, माघ १९-
कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ । उक्त मितिमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि प्रदर्शन रोकिएको हो ।
निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् । केही दिनअघिसम्म निर्माताले फागुन १९ मा फिल्म ल्याउने भन्दै प्रचारप्रसारलाई तीव्र बनाएका थिए ।
यसैबीच गायक प्रकाश सपुतको डेब्यु अभिनय रहेको फिल्म ‘परदेशी २’को पूर्वनिर्धारित फागुन ५ गतेको प्रदर्शन रोकिएको छ । निर्माताले यसबारे केही उल्लेख नगरे पनि रिलिज मिति आउन डेढ साता मात्र बाँकी रहँदा फिल्म आउने सम्भावना छैन । यो फिल्मलाई आगामी दशैंमा ल्याउने योजनमा निर्माता राजेश बंशल छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























