मनोरञ्जन
चैत २ देखि काठमाडौंमा आयोजना हुने निफको जुरी कमिटीमा प्रियंका कार्की मनोनित
०

काठमाडौं, माघ १९-
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की मनोनित भएकी छन् । फेस्टिभल आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो ।
आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौंमा निफ आयोजना हुँदैछ । कुल पाँच जना जुरीमध्ये बाँकी तीन चाहिं विदेशी फिल्ममेकर हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए । प्रियंका फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























