कृषि

फागुन १ गतेदेखी बागमतीका १२ लाख भन्दाबढी भेडा बाख्रालाई पीपीआर खोप लगाइने

Banner

हेटौँडा, माघ १९-

अफ्रिकी महादेशबाट फैलिएको घातक रोक ‘ पीपीआर’ अर्थात भेडाबाख्रामा हुने हैजाबिरुद्धको खोप यो पटक बागमती प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई लगाइने भएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनमा फागुन १ बाट ७ सम्म प्रदेशको सबै जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारले गत वर्ष पनि ८ लाख २१ हजार ४८९ बाख्रा र ८ हजार ६९८ भेडालाई पीपीआर खोप लगाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>