चितवन विशेष

तीन वर्षमा सक्नुपर्ने ठिमुरा पुलको काम आठ वर्षमा ६० प्रतिशत मात्रै

Banner

–सुनिता सुवेदी

चितवन, माघ १८–

तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने ठिमुरा पुलको काम आठ वर्षमा ६० प्रतिशत मात्रै भएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण दुई पटकसम्म भत्किएको पुलले तीन मजदुरको ज्यान लिएको थियो । त्रिशुली नदीमाथि बनेको चितवनको ठिमुरा र देवघाटको घिनाटार जोड्ने यो पुलको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ । यद्यपी चैतमा पनि पुल निर्माण सम्पन्न हुने देखिदैन ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्ष २०७९/८० भित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ करोड ६८ लाख रुपैयाँमा पुल निर्माण गर्न इलाईट–एड्भेन्चर–इन्द्रेणी जेभीसँग २०७१ कात्तिकमा सम्झौता भएको थियो । दुई पटकसम्म पुल भत्किएर तीन मजदुरको ज्यान गएपछि गठित छानविन समितिले समयमै ‘प्रिस्टेस’ गर्न नसक्दा पुल भत्किएको प्रतिवेदन दिएको थियो ।

अहिले पुल निर्माणले राम्रो गति लिएको सडक डिभिजन प्रमुख पौडेल बताउँछन् । ‘यो पूल दुईपटक सम्म भत्कियो । यसपटक हामी गम्भिर भएर अध्ययन गरेर, प्रिजेन्टेसन गरेर विज्ञहरुको सरसल्लाह बमोजिम नै अहिले पुल बनिरहेको छ’, सडक डिभिजन प्रमुखले भने । दुई पटकसम्म भत्केको यो पुलको निर्माण कम्पनी करिब ७ करोड रुपैयाँ घाटा खाएर काम गरेको उनी बताउँछन् ।

आगामी असार मसान्तसम्म काम सक्ने आँकलन गरिएको उनले बताए । त्यसका लागि फेरि तीन महिना म्याद थप्नुपर्ने छ । ‘करिब ६० प्रतिशत काम बनेको छ, अब ४० प्रतिशतलाई धेरै समय लाग्दैन’, उनले भने, ‘ठेकेदारले ५० प्रतिशत अर्थात् करिब १२ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।’ पुलमा ४ वटा स्पानमा आरसिसि हाल्नुपर्नेमा दुईवटामा भइसकेको र बाँकी दुईवटा बाँकी रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>