Breaking News

भरतपुर महानगरले मेनरोडको खाल्डो नपुरेपछि वृक्षारोपण गरेर विरोध

Banner

चितवन, माघ १८–

भरतपुर महानगरपालिकाले नारायणगढस्थित मेनरोडको खाल्डो नपुरेपछि स्थानीयले खाल्डोमा वृक्षारोपण गरेर महानगरको विरोध गरेका छन् । सडकमा खाल्डो परेको एक वर्ष भइसक्दा पनि पुर्ने काम नभएको स्थानीयको भनाइ छ ।

खाल्डोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप खाल्डोमा वृक्षारोपण गरेका हुन् । खाल्डो पुर्न आफुहरुले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीय उमेश कँडेलले बताए ।

वडा कार्यालयले गिट्टी ल्याएर खाल्डो पुरेपनि सवारी साधन गुड्दा गिट्टी उछिट्टिएर पैदल यात्रु घाइते भएको उनले बताए । पिच गर्ने काम सडक विभागको हुने भनेर वडाध्यक्ष पन्छिएको स्थानीयको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>