खेलकुद

निमा स्मृति फुटबलमा शान्तिको किचनलाई पाखा लगाउँदै चौधरी मोटर्स खैरहनी फाइनलमा

Banner

चितवन, माघ १७-

चौधरी मोटर्स खैरहनी चितवनको कालिका नगरपालिकामा जारी निमा स्मृति खुला नक आउट फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार) सम्पन्न दोस्रो सेमिफाइनलमा शान्तिको किचन सौराहालाई पाखा लगाउँदै खैरहनीले फाइनलमा स्थान बनाएको हो ।

खेलमा खैरहनीले ३–१ को पुनरागमन जित हात पा¥यो । खेलमा सुरुवाती अग्रता भने शान्तिको किचनले लिएको थियो । ११ औं मिनेटमा गोल गरेको शान्तिको किचनले अग्रता जोगाउन सकेन । सुरुवातमा एक गोलले पछि परेको खैरहनीले २४ औं मिनेटमा बराबरी गोल फर्कायो ।

४८ औं मिनेटमा गोल गर्दै खैरहनीले अग्रता लियो । ५१ औं मिनेटमा तेस्रो गोल गर्दै खैरहनीले ३–१ को जित सुनिश्चित ग¥यो । खैरहनीका सन्देश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

खैरहनीले अब उपाधिका लागि निमाको सामना गर्नेछ । सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर–८ गौरीगन्जलाई हराउँदै कमरेड निमा फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल १९ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>