बलिउड/हलिउड
‘बिग बोस १६’की प्रतिस्पर्धी प्रियंका चौधरी शाहरूख खानको फिल्मबाट बलिउडमा डेब्यू गर्दै

काठमाडौं, माघ १७-
शाहरूख खानको फिल्म ‘डंकीमा’ बिग बोस १६ की प्रतिस्पर्धी प्रियंका चाहर चौधरी बलिउडमा डेब्यू गर्दैछिन्। भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार बिग बोसको घरमै प्रियंका र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ। तर आधिकारिक जानकारी आएको छैन।
यस फिल्मको लागि सलमान खानले प्रियंकाको नाम सिफारिस गरेका हुन्। गतसाता सलमानले घरबाट बाहिर आएपछि प्रियंकाको लागि आफूसँग एक प्रोजेक्ट रहेको बताएका थिए। उक्त खबरपछि सलमान खानले बनाउने फिल्ममा प्रियंका देखिने चर्चा चलेको थियो। तर उनी शाहरूख खानको फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन्।
बिग बोस १६ लाई दर्शकले रूचाइरहेका छन्। छिट्टै शोको फाइनल हुँदैछ। उनले शोमा आउनुअघि टेलिशृंखला उडारियाुं मा काम गरेकी थिइन्। यसै शोबाट उनी चर्चामा आएकी हुन्।
राजकुमार हिरानीले निर्देशन गर्ने फिल्म ‘डंकी’ मा शाहरूख खान र तापसी पन्नू मुख्य भूमिकामा छन्। यो फिल्म २२ डिसेम्बर २०२३ देखि प्रदर्शन हुनेछ।
























