मनोरञ्जन

नवराज पराजुलीको नयाँ कविता ‘मदिरा’

Banner

काठमाडौं, माघ १६-

नवराज पराजुलीले नयाँ कविता सार्वजनिक गरेका छन्।

सोमबार उनले आफ्नै युट्युब च्यानल नवराज पराजुली मार्फत कविता ‘मदिरा’ सार्वजनिक गरेका हुन्। कवितामा रिदम कँडेलले पार्श्व संगीत भरेका छन्।

रोशन अधिकारीले छायांकन गरेको कविताको भिडिओलाई योगेश दाहालले सम्पादन गरेका हुन्।

यस्तो छ मदिरा कविता:

न स्वर्गको आश, न पृथ्वीको कुनै, पदले मातूँ म
मद्दत गरूँ म दत्तचित्त भै, मद्दतले मातूँ म

बेहोस हुन किन मात्नु! के मात्नु बेहोसीमा!
हरदिन हरदम होसको, हदले मातूँ म

मातेर म झुक्दा पनि यहाँ, उठोस् कसैको शिर
नमात्नु मातिसकेपछि, इज्जतले मातूँ म

मन्दिर हुँ, म दिइ रहुँ, म दिई’रा बेला मदिरा हुँ
दिनुको सिद्धिनुको, मदले मातूँ म

म कमजोरलाइ नजितूँ, मेरो कमजोरीलाइ जितूँ
हरेक हारमा हरि पाउने, हर्कतले मातूँ म

जोसँग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी
त्यस्तो संगीसँगको, संगतले मातूँ म…

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>