मनोरञ्जन

प्रदर्शनको सातौं सप्ताहन्तमा धेरै कमाउने चौथो फिल्म बन्यो ‘अवतार २’

Banner

काठमाडौं, माघ १६-

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’को गति तत्कालै रोकिने छाँट छैन । रोचक कुरा के छ भने प्रदर्शनको सातौं सप्ताहन्तमा पनि यो फिल्म बक्स अफिसको शीर्षस्थानमा छ । यो अवधिसम्म उत्तर अमेरिकामा फिल्मले ६२० मिलियन डलर कमाउँदै विश्वभर २.११७ बिलियन डलर कमाइ गरेको छ ।

पछिल्लो शुक्रबार मात्रै ‘अवतार २’ अहिलेसम्म धेरै कमाउने चौथो फिल्म बनेको छ । ‘स्टार वार्सः द फोर्स अवेकन्स’ (२.०७१ बिलियन) लाई उछिन्दै यो फिल्म चौथो धेरै कमाउने फिल्म बनेको हो । अब भने यो फिल्म विश्वव्यापी टिकट बिक्रीको आधारमा अवतार (२(९२ बिलियन डलर), एभेन्जर्सः एण्डगेम (२.७ बिलियन डलर) र टाइटानिक (२.१९ बिलियन डलर)भन्दा मात्र पछि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>