Breaking News

रवि लामिछानेको नेतृत्वमा छापा हानेको सामुदायिक वनका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

Banner

चितवन,माघ १६-

चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।

वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको शर्माले बताइन् । पक्राउ पुर्जी जारी सबै जना फरार छन् । फरार भएका उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ ।

डिभिजन वन कार्यालय चितवनले शुक्रबार ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको थियो । भरतपुर आँपटारी नजिकै रहेको यो सामुदायिक वनमा काठ काटेर लुकाएको सूचना आएपछि गत मंसिर २३ गते चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेसहित डिभिजन वन कार्यालयका कर्मचारीहरुले काठ बरामद गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>