Breaking News

चितवनमा दूधको मूल्य बढाएर न्यूनतम प्रतिलिटर ७० रुपैयाँ बनाउन माग

Banner

पुजा ढकाल,

चितवन, माघ १५

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ ।

उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको भन्दै उनीहरुले आज पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन माग गरेका हुन् ।

कार्यक्रममा सहकारी संघका अध्यक्ष किशोर वग्लेले चितवनलाई नेपाल सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको जानकारी दिए । उनका अनुसार जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान रहेका छन् । ३८ हजार ६११ दूधालु गाईभैँसी रहेका छन् । जसबाट तीन लाख ५० हजार लिटर दूध दैनिक उत्पादन हुँदै आएको उनको भनाइ छ । त्यस्तै जिल्लामा उत्पादन भएका ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा सप्लाई हुँदै आएको बताउँदै उनी भन्छन्, ‘हाल ढुटो, मकै, पिना, दाना, चोक्कर जस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको छन् । यसरी उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रति लिटर दूधमा ८ देखि १० रुपँया घाटा बेर्होनु परेकोले हामीले सरकारलाई दूधको मूल्य बढाएर न्यूनतम ७० बनाइदिन माग गरेका हौँ ।’ त्यस्तै उनका अनुसार संघले दूधको मूल्य बढाउन सँगसँगै कच्चा पदार्थको मूल्य बृद्धिलाई तुरुन्तै घटाउन तथा बैँक तथा बित्तीय संस्थाहरुलाई ऋण असुलीमा धरपकड नगर्न माग गरेको छ ।

कार्यक्रममा अध्यक्ष वाग्लेले सरकार सँगसँगै चितवनका किसानलाई पनि घाँसको प्रयोग धेरै गर्दै चोक्करलाई कम प्रयोग गरेर चितवनबाटै चोकर बिस्थापित गर्न समेत माग गरेका हुन् । संघका उपाध्यक्ष केशव पोख्रेलले चितवन जिल्ला दूध उत्पादनको मुख्य केन्द्र भएको जानकारी दिए । उनका अनुसार पछिल्लो समय लागत मूल्य बढ्दा तथा राज्यले ठोस कदम नल्याउँदा किसान मर्कामा परेका छन् र विदेश पलायन हुन बाध्य भएका छन् । त्यस्तै संघका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले नेपाल सरकारले विसं २०७८ साल माघ १६ गते दूधको मूल्य बढाएदेखि हालसम्म नबढाएको जानकारी दिए । उनका अनुसार हाल बजारमा चोक्करको मूल्य एक हजार ५०० बाट २२ सय पुगेको छ । जसले गर्दा किसान मर्कामा छन् । उनी भन्छन्, ‘सरकारले उपभोग्य वस्तुको मूल्य निधारण नगर्दा कालो बजारी बढ्दै गएको छ । जसको कारण किसानलाई आर्थिक भार धेरै छ । ’ अहिले बजारमा किसानले प्रति लिटर दूधको मूल्य जम्मा ५६.४ पैसा मात्रै पाएका छन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब पोख्रेलले परिचयपत्रदेखि किसानका हरेक समस्या समाधान गर्ने धारण समेत व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>