Breaking News
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन
०

काठमाडौँ, माघ १५–
रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनेका छन् ।
रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यसलगत्तै बसेको बैठकले पुनः सभापतिको जिम्मेवारी दिएको हो । नागरिकताको विवादमा सांसद, मन्त्री र सभापतिबाट पदमुक्त भएका लामिछानेले तत्काल कार्यवाहकको रुपमा उपसभापति डिपी अर्याललाई जिम्मेवारी दिइएको थियो ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























