चितवन विशेष

नेपाल कुमाल समाज सुधार समितिको अध्यक्षमा विशाल कुमाल

Banner

चितवन, पुस १५-

नेपाल कुमाल समाज सुधार समितिको अध्यक्षमा विशाल कुमाल चयन भएका छन् ।

आज (आइतबार) चितवनमा भएको सातौं राष्ट्रिय महाधिवेशनको सर्वसहमतिले कुमाललाई तीन वर्षको लागि केन्द्रीय अध्यक्ष चुनेको हो ।

महाधिवेशनले संघीयतालाई अनुसरण गरी ५१ जनाको कार्यसमिति तय गरेको छ । उपाध्यक्षमा ठाकुर कुमाल, श्रृती कुमाल, भैरव कुमाल, रामप्रसाद कुमाल, कुलकुमार कुमाल, मानेन्द्र कुमाल, योगेन्द्र कुमाल रहेका छन् । महासचिवमा गणेश कुमाल चयन भएका छन् । सचिवमा राजन कुमाल, शीव कुमाल, शारदा कुमाल, नविन मुखिया कुमाल, महेश कुमाल रहेका छन् । कोषाध्यक्षमा राममाया कुमाल चयन भएका हुन् ।

१८ जना पदाधिकारी र ३३ जना सदस्य रहेको यस समितिको दुई जना सचिव र एक जना सहकोषाध्यक्षको पदपूर्ति हुन बाँकी छ । कार्यसमितिको छलफलले पदलाई पूर्णता दिने अध्यक्ष विशाल कुमालले जानकारी दिए । विभिन्न कारणबस समितिले ७ वर्षपछि महाधिवेशन गर्न सफल भएको हो । समितिको सल्लाहकारमा सिताराम कुमाल र संस्थापक सदस्य कल्पना कुमाल रहेका छन् । नेपाल कुमाल समाज सुधार समितिका निवर्तमान अध्यक्ष केबल पाल्पाली कुमालको अध्यक्षतामा भएको महाधिवेशनमा संस्थापक अध्यक्ष सूर्यबहादुर कुमाल, पूर्वअध्यक्ष अर्जुन कुमाल, जितबहादुर कुमाल, पूर्वसभासद् ज्ञानबहादुर कुमाल, नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष सुरुती कुमाललगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>