भिडियो

‘के लत बस्यो’ लाई ३१ लाख बढी भ्यूज, १४ हजार कमेन्ट !

Banner

काठमाडौं,माघ १५-

एकाएक लोकप्रियता कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्युज पाएको छ । डा. प्रदीपकुमार मैनालीको शब्द, तिलकसिंह पेलाको स्वर तथा संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गजलको म्युजिक भिडियोलाई आइतबार दिउँसोसम्म ३१ लाख ९० हजार पटक हेरिएको हो ।

एक लाख १८ हजारले लाइक र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित यो गजलबाट गायक पेलाले छोटै अवधिमा श्रोता-दर्शकका् मन जित्न सफल भए ।

शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्युजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ ।

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत-गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरैलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा. मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा। मैनाली र एरेन्जर कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ ।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले २०५३ सालमा ‘आँसु’, २०५४ मा ‘आँसु-२’, र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>