देश/प्रदेश

तेस्रो पटक नेपाल भ्रमणमा आएकी सन्नी लियोनीले भनिन्- मलाई नेपाल निकै सुन्दर लाग्छ

Banner

काठमाडौं,माघ १५-

बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने बताएकी छिन् । हिजो (शनिबार) बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागिता जनाउने क्रममा कार्यक्रमबाट प्राप्त भिडियोमा उनले यस्तो बताएकी हुन् ।
त्यहाँ सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् ।
नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् । कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी छन् ।

यो उनको तेस्रो नेपाल भ्रमण हो । यसअघि दुईपटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन् । सन्नीले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>