चितवन विशेष

खेलकुदको विकासमा नीजि क्षेत्रः सेन्ट्रल कलेजसँग आबद्ध टिमले धमाधम उपाधि उचाल्दै

Banner

चितवन,माघ १५-

पछिल्लो समय खेलकुद क्षेत्रको विकासमा नीजि क्षेत्रको लगानी बढ्दै गइरहेको छ । राज्यले लगानी गर्नुपर्ने खेलकुद क्षेत्रमा नीजि क्षेत्रको लगानीसंगै प्रतियोगिता हुने क्रम पनि बढ्दै गएको छ । पुराना क्लबहरुले आफ्नो गुणस्तर बढाउँदै लगेका छन् भने नयाँ टिम खोलेर प्रतियोगितामा सहभागि हुने क्रम बढेको छ । चितवनमा केन्द्रिय कार्यालय रहेर उच्च शिक्षाका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेजले खेलकुदको विकासमा एन्फा र विभिन्न क्लबहरुसंग सहकार्यले यसको विकासमा थप टेवा पु¥याएको छ ।

कलेजले चितवन, नवलपुरसहित विभिन्न जिल्लाका एन्फा र क्लबहरुसंग निरन्तर सहकार्य गर्दै आइरहेको कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सेन्ट्रल कलेजले एक दुई बर्षको अवधिमा एकसय बढि क्लबहरुसंग सहकार्य गरेको छ, यो क्रम निरन्तर जारी रहनेछ ।’ उहाँले क्लबहरुलाई विभिन्न खेलकुद सामाग्री प्रदान गर्नुका साथै प्रतियोगितामा प्रायोजन गर्ने गरेको बताउनुभयो ।

‘सेन्ट्रल कलेजले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको छ, त्यसमा पनि स्कूल कलेज केन्द्रित कार्यक्रमसंगै खेलकुदको विकासलाइै प्राथमिकता दिएको छ’,उहाँले भन्नुभयो ।’ हरेक खेलकुदका कार्यक्रम आयोजना हुनासाथ सेन्ट्रल कलेजलाई सम्झने गरिएको भन्दै उहाँले हरेक क्लबहरुलाई सकेको सहयोग गर्ने गरेको बताउनुभयो । कलेज सदैब युवा लक्षित कार्यक्रम गरी उज्वल भविष्य निर्माणमा लागिरहेको उहाँले बताउनुभयो । ‘खेल क्षेत्रमा लागानी गरेर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न कलेज तयार छ,उहाँले भन्नुभयो’,यसका लागि साना ठूला सबै क्लबहरुसंग सहकार्य गरिरहेका छौं ।’ कलेजमा आबद्ध दर्जनौ क्लबले विभिन्न उपपाधिहरु जितेका छन् । पछिल्लो समय तीन ठूला फुटबल प्रतियोगिताहरुमा सेन्ट्रल कलेजसंग आबद्ध क्लबहरुले प्रतियोगिता जितेका छन् । सेन्ट्रल कलेज रामपुर फुडवल क्लब (रड्स)ले लम्जुङको बेसिसहरमा आयोजित ३० औं त्रिवेणी कप र माडीको बसन्तपुरमा आयोगित २४ औं माडी गोल्डकपको उपाधि जितेको छ । यस्तै सेन्ट्रल कलेज २८ विघा फुटबल क्लबले पिप्ले युवा समाजद्धारा आयोजित प्रथम राप्ती फुटबल कपको उपाधि हात पारेको छ । कलेजले फुटबलसंग भलिवल र क्रिकेट प्रतियोगिताहरुमा पनि सहकार्य गर्दै आइरहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । खेलकुदको विकासका लागि खेलाडी र सरोकारवाला निकायसंग छलफल र गोष्टीको कार्यक्रम समेत कलेजले आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

सेन्ट्रल कलेज उच्च शिक्षा अध्यानका लागी जापान,अमेरीका,क्यानडा, अस्ट्रेलिया जान चाहाने बिद्यार्थीहरुको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाको रुपमा स्थापित भइसकेको छ । देशका विभिन्न सहरमा आफ्नो शाखा बिस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ । विभिन्न देशका कलेज, युनिभर्सिटीसंग सहकार्य गरिसकेको सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा लगायतका देशका जुनसुकै सहरमा नेपालीले रोजेको बिषय पढ्न जान सेन्ट्रल कलेजको माध्यामबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिनेछ । कलेजमा जापनिज र कोरियन भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् । कलेजमा विभिन्न देशका युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीलाई प्रत्येक्ष परामर्श समेत दिँदै आइरहेका छन् । हाल एक हजारबाढि विद्यार्थीले विभिन्न भाषा कक्षा लिइरहेको कलेजले जनाएको छ । कलेजले जापानको नागोया शहरमा समेत आफ्नो कार्यालय खोलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>