चितवन विशेष
रेडक्रस गीतानगरको सभापतिमा डोलनाथ निर्वाचित, उपेन्द्र पण्डितले ल्याए सर्वाधिक मत

चितवन, माघ १५–
नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको अध्यक्षमा डोलनाथ अधिकारी (राम) निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा अधिकारीले २४५ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सूर्य कोइरालाले १३१ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला उपाध्यक्षमा आइतिमाया राना मगर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी सरस्वती दाहालले ८५ मत प्राप्त गरिन्। सचिवमा कुमार राउत निर्विरोध निर्वाचित भए।
कोषाध्यक्षमा डोलनारायण श्रेष्ठले १५६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यादवकुमार लोहनीले १२६ मत मात्रै प्राप्त गरे उपसचिवमा उपेन्द्र पण्डितले सर्वाधिक २४६ मत प्राप्त गरेर शानदार विजयी हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिरा तिमिल्सिना न्यौपानेले ९८ मत मात्रै प्राप्त गरिन् । उपकोषाध्यक्षमा देवमित्र पन्डित निर्विरोध निर्वािचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शान्तिदेवी वाग्ले, सरोज कोईराला, प्रकाश लामिछाने, अर्जुन पौडेल र शुभाषचन्द्र कोईराला विजयी भएका छन्। यो समितिको कार्यकाल दुई वर्षको हुनेछ।

























