चितवन विशेष

चितवनमा नेकपा एमालेका १२५ अग्रज नेता तथा कार्यकर्ता सम्मानित

Banner

चितवन, माघ १४-

नेकपा एमाले भरतपुर महानगरपालिका–११ वडा कमिटीले वडाका १२५ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मानित गरेको छ ।

वडा कमिटीले पार्टीमा झण्डै तीन दशकदेखि अबिछिन्न योगदान पु¥याएको भन्दै आज एक विशेष सम्मान कार्यक्रम राखेर नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरेको हो ।

एमाले वडा अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, बागमती प्रदेशका आर्थिक मामिला मन्त्री जेएन थपलिया, पार्टीका प्रदेश सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेल र जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीका नेता तथा कार्यकर्तालाई सम्मानित गरेका थिए । एमाले वडा अध्यक्ष आचार्यले युवा पुस्ताले अग्रजको योगदानलाई कहिल्यै बिर्सन नसकिने भएकोले सम्मानमार्फत् उनीहरुको योगदानलाई पुन ताजगी गराइएको बताए । उनले भने, ‘बिगतमा पार्टी टुटफुट हुदा पनि शतिशालजस्तै उभिने नेता तथा कार्यकर्तालाई सम्मानित गरेका छौं । चितवनको इतिहासमा नै यतिधेरै पार्टीका नेता तथा कार्यकर्ता सम्मानित भएको पहिलो घटना हो ।’ कार्यक्रममा पार्टीको तीन जना नेताहरुलाई पनि मृत्युपरोपणान्त सम्मान गरिएको आचार्यले नारायणी अनलाइनलाई बताए । भरतपुर–११ जिल्लामा सबैभन्दा धेरै एमालेको संगठित सदस्य रहेको वडा हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>