बलिउड/हलिउड

शनिबारसम्ममा नेपालमा शाहरुख खान फिल्म ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

Banner

काठमाडौं,माघ १४-

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र सिंगल स्क्रिनसहित देशभरका हलहरुको अकुपेन्सी शतप्रतिशत जस्तै देखिएको छ । जसअनुसार फिल्मको शनिबार मात्रैको कमाइमा उछाल आउने देखिन्छ ।

पहिलो दिन बुधबार फिल्मले एक करोडभन्दा बढीको ओपनिङ गरेको थियो । ‘पठान’ देखाउन बन्द भएका ६ वटा नेपाली सिंगल स्क्रिन समेत संचालनमा आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>