Breaking News
चितवनमा रवि लामिछानेको समर्थनमा प्रदर्शन, सर्वोच्चविरुद्ध नाराबाजी (भिडिओ)
०

चितवन, माघ १४–
चितवन क्षेत्र नं.२ बाट जितेका रवि लामिछानको समर्थनमा भरतपुरमा आज (शनिबार) प्रदर्शन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल र्याली निकालिनुको साथै प्रदर्शन भएको हो ।
भरतपुरको विशाल चोकबाट निस्किएको र्याली बाइपास सडक खण्ड हुँदै बसपार्क, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ । यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए ।
पार्टीका जिल्ला सचिव कृष्ण भुषालले रविको समर्थनमा शान्तिपूर्वक र्याली निकालिएको भन्दै सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले पार्टीको केन्द्रीय निर्णय अनुसार थप कदम चाल्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























