Breaking News
रवि लामिछानेले आइतबार नै नागरिकताको प्रतिलिपि लिने, लगत्तै चितवन आउने
०

चितवन, माघ १३–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।
सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् । ‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले नारायणी अनलाइनलाइसंग भने ।
उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् । उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























