घटना -दुर्घटना

चितवनमा साइकलबाट लडेर एक युवकको मृत्यु

Banner

चितवन, माघ १३-

चितवनको रत्ननगरमा एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका-८ बस्ने ४८ वर्षीय सुन बहादुर लोप्चनको साईकलबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । लोप्चन शुक्रबार दिउसो बाघमाराबाट रत्ननगर ८ चित्रसारी जाने क्रममा साइकलबाट लडेर बेहोस भएका थिए । मृतको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>