मनोरञ्जन

अभिनेत्री मलिकाको मुख्य भूमिकामा फिल्म ‘सतिदेवी’ बन्ने

Banner

काठमाडौं, माघ १३-

अभिनेत्री मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतिदेवी’ बन्ने भएको छ। बिहीबार चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै फिल्मको नाम सार्वजनिक गरिएको हो।

निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतीदेवी भए पनि हिन्दु धर्मकी देवी सतीदेवीबारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्नेछ।

लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखनमा बन्ने फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटालगायत कलाकारको अभिनय रहनेछ। फिल्मका अन्य कलाकार छनोट हुने बाँकी छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>