मनोरञ्जन

अभिनेता पुष्प खड्काले ३४ वर्षमा गरे ब्रतबन्ध

Banner

काठमाडौं,माघ १२-

नेपाली फिल्मका अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका छन्। उनले बिहिबार सरस्वती पूजाको मुर्हत पारेर आफ्नो जन्म घर कैलाली पुगेर आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परामा ब्रतबन्ध नगरी विवाह गर्न मिल्दैन।

खड्काले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत ब्रतबन्ध गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘आज मिती माघ १२ गते बिहीवार सरस्वती पूजा को मुर्हत मा हाम्रो पुरानो घर जन्म घरु हाम्री ममतामयी आमा बुवा दिदी बहिनी साथी इस्टमित्र छिमेकी अनी नजिक का नातेदार अनी मेरा आदरणीय पन्डितजि सबैको उपस्थिती र आशिर्वाद संगै म पुष्प खड्का को ब्रतबन्ध काम सम्पन्न गरेउ।’

उनले २०७१ साल देखि फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। उनले पहिलो पटक फिल्म तुलसी घिमिरेको दर्पण छाया–२ मा अभिनय गरेका थिए भने त्यहि वर्ष नवल नेपालको फिल्म मंगलममा पनि अभिनय गरेका थिए। यस्तै २०७५ दाल भात तरकारी साथै त्यहि वर्ष मारुनी फिल्ममा पनि अभिनय गरेका थिए भने २०७९ मा तिम्रो मेरो साथमा अभिनय गरेका थिए। यस सँगै उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>