चितवन विशेष

चितवनकै पहिलो मन्टेश्वरी बकेना बाल बाटिकामा बालबालिकाको क्षमता अनुसार पढाइ

Banner

पूजा ढकाल,

चितवन, माघ १२-

भरतपुर माहानगरपालिका–२ क्षेत्रपुर स्थित चेतना मार्गमा रहेको बकेना बाल बाटिका मन्टेश्वरी स्कुलमा श्रीपञ्चमीको अवसरमा विशेष कार्यक्रम गरिएको छ ।

आज बिहान सरस्वती पूजा तथा अक्षराम्भको विशेष कार्यक्रम गरी २५% छुटमा मन्टेश्वरीले नयाँ विद्यार्थीलाई भर्ना गरेको हो ।
बालबाटिका चितवनकै पहिलो मन्टेश्वरी भएकोले बिहान देखि दिउँसोसम्म विद्यार्थीलाई भर्ना गर्न अभिभावकको भीड नै लागेको थियो । यहाँ अनुभव तथा तलिम प्राप्त शिक्षिकाबाट पढाइ हुदैँ आएको मन्टेश्वरीले जनाएको छ ।

त्यस्तै बकेना बालबाटिका मन्टेश्वरीकी प्रधानाध्यापक प्रञ्जना जोशीले यहाँ बालबालिकाको क्षमता अनुसार पिजी देखी कक्षा ६ सम्म नियमित रुपमा पढाइ हुँदै आएको जानकारी दिइन् । उनले भनिन्, ‘सबै बालबालिकाको फरक फरक क्षमता हुन्छ । जसको कारण सबैले एउटै शैलीमा शिक्षा आर्जन गर्न नसक्ने भएकोले हामीले उनीहरुको अवस्था हेरेर मन्टेश्वरी बेस लर्निङ सँगसँगै प्रोजेक्ट बेस र करिकुलम बेस लर्निङबाट पढाउने गर्छौ ।’

पछिल्लो समय शिक्षण विधिमा दैनिक नँयानयाँ प्रविधि आउने भएकोले आफूहरुले योजना बनाएर नयाँ शैक्षिक सत्रसँगै नयाँ प्रविधिबाटै पढाउने गरेको उनले नारायणी अनलाइनलाई जानकारी दिइन् । विसं २०६५ सालमा पहिलो पटक यस मन्टेश्वरीलाई स्थापना गर्दा जम्म ११ जना बालबालिकाबाट पढाइ सुरु गरेको उनको भनाइ छ । त्यस्तै २५ वर्ष देखि शिक्षण पेसामा आवद्ध रहेको र अहिले पनि बिहान बालकुमारी कलेजमा पढाउन र दिउँसो मन्टेश्वरी तथा बालबालिकालाई समय दिदैँ आएको बताउँदै उनी भन्छिन्, ‘हामीले मन्टेश्वरी स्थापना गर्न भन्दा पहिले पनि यस विषयमा चार वर्ष अनुसन्धान गरेका थियौँ । जसको कारण आज अभिभावकबाट राम्रो प्रतिक्रिया आउने गर्छ ।

यस मन्टेश्वरीबाट कक्षा ६ पास गरी अन्य स्कुल गएका बालबालिकाले उक्त स्कुलमा पनि राम्रो गरेको तथा टप १० भित्र पर्ने गरेको खबर आफूहरुलाई आउँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘हाम्रो मन्टेश्वरीमा बालबालिकाको क्षमता अनुसार विभिन्न माध्यमबाट पढाइ हुने भएकोले एक पटक सेवा गर्ने मौका दिनुहुन अनुरोध गर्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>