चितवन विशेष

रत्ननगरको नगरस्तरीय समन्वय समितिमा भूपेन्द्र अधिकारीको नेतृत्व

Banner

चितवन, माघ १२-

रत्ननगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेलमिलाप समन्वय समितिको पुनर्गठन भएको छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख एवम् रत्ननगर न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बैठकले नौ सदस्यीय नगरस्तरीय मेलमिलाप समन्वय समिति गठन गरेको हो ।

रत्ननगरका १६ वटै वडामा रहेका ११६ जना मेलमिलापकर्तामध्येबाट भूपेन्द्र अधिकारीको अध्यक्षतामा नौ सदस्यीय समन्वय समिति गठन गरिएको छ । सचिवमा संगिता खनाल, कोषाध्यक्षमा अनिता अर्याल रहेका छन् भने सदस्यहरुमा प्रमिला ढकाल, सुजाता विष्ट, रामचन्द्र दुवाडी, कृष्णप्रसाद अधिकारी, सीता नेपाल र विष्णु भण्डारी कट्टेल रहेका छन् ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, न्यायिक समिति सदस्य देवेन्द्र भुजेलको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव प्रियंका थापाले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>