चितवन विशेष

चितवनका विद्यालयहरुमा सरस्वती पूजा गर्न बालबालिका र अभिभावकको भीड

Banner

पुजा ढकाल,

चितवन, माघ १२-

श्रीपञ्चमी अर्थात सरस्वती पूजा भएकोले आज चितवनमा सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइएको छ ।
सरस्वती पूजा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

चितवनका सबै मन्टेस्वरी, स्कुल, बोर्डिङ तथा क्याम्पसहरुमा पनि विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाउन विद्यार्थीहरुको बिहानैदेखि घुइँचो लागेको छ । त्यस्तै आजको दिन अक्षर आरम्भ गराउँदा शुभ मानिने भएकोले अभिभावकहरु बालबालिकाहरुलाई भर्ना गर्न स्कुलसम्म पुगेका छन् । आजको दिन बच्चालाई स्कुल भर्ना गर्दा तथा अक्षर लेख्न सिकाउँदा जीवनमा राम्रो शिक्षा आर्जन गर्ने धार्मिक विश्वास भएकोले अभिभावकले बालबालिका स्कुल लाने गर्छन् । विद्यालयले पनि आज भर्ना हुने विद्यार्थीलाई बोर्डमा विभिन्न अक्षेर कोर्न लगाएका छन् ।

भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको सेन्ट पर्ल चिल्ड्रेन होमले आज विद्यार्थीहरुलाई प्ले ग्रुपमा निःशुल्क भर्ना गराइ बालबालिकाहरुलाई अक्षराम्भ गराएको छ । विद्यालय परिसरमा विशेष मञ्च बनाई विद्यार्थीहरुले सरस्वतीको पूजा गरी प्रसाद वितरण गरिएको थियो । आफ्नो सानो छोरा बोकेर अक्षर आरम्भ गराउन परिवारसहित आएका अभिभावक बुद्धिबहादुर गुरुङले आज विशेष दिन भएकोले छोरालाई अक्षर आरम्भ गराउन पाउँदा रमाइलो लागेको बताए । त्यसैगरी भरतपुर आँपटारीको स्मलहेभन मोडल स्कुलले पनि सरस्वती पूजाको दिन विशेष कार्यक्रम गरेको छ । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा बुधबार क्याम्पस परिसरको वृहत सरसफाइ गरेर आज एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अग्रसरतामा सरस्वती पूजा गरिएको छ ।

चितवनका विभिन्न मन्टेस्वरी, स्कुलमा विद्यार्थीहरुले सरस्वती पूजा र अक्षर आरम्भ गरेको केही तस्बिरहरुः

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>