Breaking News

मन्त्री पाण्डे द्धारा चितवनमा सञ्चालनमा रहेका योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

Banner

भरतपुर,माघ १२- 

शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । “निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन”, मन्त्री पाण्डेले भन्नुभयो, “समस्या परेको खण्डमा सिधैँ हामीलाई भन्नुहोला ।”

उहाँले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिनुभएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>