मनोरञ्जन

नेपथ्यको डार्बिनबाट सुरु भयो अस्ट्रेलिया टुर

Banner

डार्बिन, माघ १२-

नेपथ्यले डार्बिनबाट अस्ट्रेलिया टुरको भव्य सुरुवात गरेको छ । ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार नेपथ्यले आफ्नो प्रस्तुति दिएको हो । कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो । त्यसपछि ब्याण्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो ।

‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे । ‘भेँडाको ऊनजस्तो’,‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’ जस्ता गीतहरू गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो । त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरि तिरै पुर्‍याएको थियो । कार्यक्रममा ‘यो जिन्दगानी’ ‘जोगले हुन्छ भेट’, ‘रेसम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>