Breaking News

चितवनको धान खेतमा नौ वर्षअघि नवजात शिशु फाल्ने फरार अभियुक्त लामिछाने पक्राउ

Banner

चितवन, माघ ११-

कर्तव्य ज्यान मुद्दाकी एक फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने हुन् । लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।

सर्वोच्च अदालतको ०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा प्रहरीले पेस गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>