मनोरञ्जन

दुई वर्षको निलम्बनपछि ट्वीटरमा फर्किइन् कंगना रनौत

Banner

काठमाडौं, माघ ११-

दुई वर्षको निलम्बनपछि बलिउड अभिनेत्री कंगना रनौत ट्वीटरमा फर्किएकी छन् । ट्वीटरमा फर्कनासाथ उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन मिति घोषणा गरेकी छन् ।

प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको ट्वीटर ह्यान्डललाई सन् २०२१ को मे महिनामा निलम्बन गरिएको थियो ।

तर कंगना अहिले ट्वीटरमा फर्किन सफल भएकी छन् । फर्किएपछिको पहिलो ट्वीटमा उनले लेखेकी छन्, ‘सबैलाई नमस्कार, यहाँ फर्केर आउँदा खुसी लाग्यो ।’ उनका धेरै फिल्मी साथी र उनका फ्यानले टिप्पणी सेक्सनमा उनलाई फिर्ता भएकोमा स्वागत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>