चितवन विशेष

भरतपुरको बाल्मिकी स्कूलमा अध्ययनरत विद्यार्थी सोमबारदेखि वेपत्ता,खोजी गरिदिन परिवारको अनुरोध

Banner

चितवन,माघ १०-

चितवनका एक किशोर सोमबारदेखि वेपत्ता भएका छन् । माडी नगरपालिका ३ बसन्तपुरका विपिन पंगेनी सोमबारदेखि वेपत्ता भएको परिवारले जनाएको छ । घरबाट दिउँसो साढे एक बजे माडीस्थित घरबाट भरतपुरमा रहेको होस्टलमा जान्छु भनेर हिडेका उनि अपरान्ह पाँच बजेदेखि परिवारको सम्पर्कमा छैनन् । दिउसो २ बजे गीतानगर स्थित मामाघरमा आएका उनि पाँच बजे होस्टल जान्छु भनेर म्याजिक चढेका थिए । उनि भरतपुरको बाल्मिकी स्कूलमा कक्षा ८ अध्ययन गर्दै आइरहेका छन् ।

उनि भरतपुरमा होस्टलमा बसेर पढ्ने गरेको विपिनकी आमा सिता पंगेनीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले छोराको खोजी गरेर सहयोग गरिदिन सबैमा अपिल समेत गर्नुभएको छ । यदि कसैले किशोरका बारेमा थाहा पाए ९८४४२१२८८० मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>