मनोरञ्जन

करण जोहरसँगको मनमुटावबारे के भन्छन्का र्तिक आर्यन ?

Banner

काठमाडौं, माघ ९-

बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म ‘शहजादा’ को ट्रेलर सार्वजनिक भइसकेको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि निर्माता करण जोहरले उनको तारिफ गरेका थिए। केही समयअघि करणले कार्तिकलाई आफ्नो फिल्म ‘दोस्ताना २’ बाट निकालेका थिए।

कार्तिक र करण दुवै फिल्म ‘दोस्ताना २’ को तयारी गरिरहेका थिए। जाह्नवी कपूर र कार्तिकको अभिनय रहने भनिएको फिल्मको छायांकन सुरू भइसकेको थियो। छाया‌ंकनको क्रममा करण जोहरले एक विज्ञप्ति जारी गर्दै कार्तिकलाई फिल्मबाट निकालिएको जानकारी दिए।

करणले कार्तिक गैरजिम्मेवारी भएको आरोपसमेत लगाएका थिए। केही अन्तर्वार्तामा करणले कार्तिकको नाम नलिई भनेका थिए, ‘१ करोड २५ लाख भारू कमाउने नयाँ अभिनेता २० करोड भारू माग्न थालेका छन्।’

यसबारे कार्तिकले हालै रजत शर्माको शो ‘आपकी अदालत’ मा खुलेर कुरा गरेका छन्।

‘यस्तो कहिलेकाहीँ हुन्छ। मैले यसबारेमा आजसम्म केही बोलेको छैन किनकी ठूलो र सानो मान्छेबीच मनमुटाव हुँदा सानो मान्छे केही बोल्दैनन्। म यस कुरालाई आत्मसात गर्छु,’ उनले भने।

उनले २० करोड भारू पारिश्रमिकको बारेमा बोल्दै भने, ‘त्यस्तो केही कुरा थिएन। कहिलेकाहीँ एउटा कुरा हुन्छ बाहिर अर्को कहानी आउँछ। खण्डन गर्ने मान्छे नभएपछि उनको कुरामा मान्छेहरू विश्वास गर्छन्। तर मैले अहिलेसम्म पारिश्रमिकको कुरा नमिलेर फिल्म छाडेको छैन।’

कार्तिकको फिल्म ‘शहजादा’ फ्रेबुअरी १० देखि प्रदर्शन हुनेछ।

रोहित धवनले निर्देशन गरेको फिल्ममा कार्तिकसँगै कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा त्रिविक्रम श्रीनिवासले तयार पारेका हुन्।

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला वैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>