मनोरञ्जन

दयाहाङ र मिरुनाको ‘जारी’ को पोस्टर सार्वजनिक, फिल्म वैशाख १ मा रिलिज हुने

Banner

काठमाडौं, माघ ९-

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति आगामी वैशाख १ गतेलाई घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको हो ।

‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ ।

फिल्म ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशकीय फिल्म समेत हो । पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई फिल्मले प्रस्तुत गरेको छ ।

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ । फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>