मनोरञ्जन

मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेपछि मैले सरोगेसी रोजेः प्रियंका चोपडा

Banner

काठमाडौं, माघ ८-

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्। ४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्।

सरोगेसीमार्फत छोरीलाई जन्म दिँदा उनले आलोचना खेप्नु परेको थियो।

‘मेरो बारेमा कुरा गरेको भए केही हुने थिएन तर मानिसहरूले मेरी छोरीलाई निसाना बनाए। यस्तो कुराबाट उनलाई टाढा राख्छ चाहन्छु,’ उनले भनिन्। मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा लिएको बताएकी छिन्।

‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो आवश्यक थियो र म आभारी छु। म यस्तो स्थितिमा थिएँ यदि मलाई बच्चा चाहिन्छ भने सरोगेसी नै उचित थियो। मेरो सरोगेट दयालु र मायालु थिइन्। उनले ६ महिनासम्म हाम्रो छोरीको ख्याल राखिन्,’ उनले भनिन्।

जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>