चितवन विशेष

चितवनकी सांसद मियाँको पहिलो महिनाको तलबबाट विपन्न बालबालिकालाई न्यानो कपडा

०
Banner

चितवन, माघ ८–

चितवनकी प्रतिनिधि सभा सांसद कल्पना मियाँले रत्ननगरका मुस्लिम, थारु तथा विपन्न समुदायका बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी मियाँले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् ।

नेकपा माओवादी केन्द्र रत्ननगरले शनिबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई कपडा वितरण गरेको छ । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई, प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली, नगर कमिटी अध्यक्ष श्याम बरालले संयुक्तरुपमा बालबालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मियाँले पहिलो महिनाको तलबबाट विपन्न बर्गका बालबालिकालाई गरेको सहयोग उदाहरणीय रहेको बताइन् । उनले गरिब र दुःखी माथि शासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिबबीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताइन् ।

कार्यक्रममा पूर्वीचितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, आरुसी खवरका प्रबन्ध निर्देशक सन्तोष बस्ताकोटी, आर्थीक सन्देशका अध्यक्ष कमल ढकाल, किरण कुँवरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>