मनोरञ्जन

‘एक्स नाइन’ मा बलिउड अभिनेता सुनिल सेट्टीले फिल्म खेले आफूले पनि अभिनय गर्ने प्रदीपको सर्त

Banner

काठमाडौं, माघ ८-

अभिनेता अनमोल केसी ‘एक्स नाइन’ फिल्म समयमै छायांकन सुरु नभएको भन्दै फिल्म बाट बाहिरिएका थिए । अनमोलले नै छाडेपछि फिल्मको भविष्य अन्योलमा परेको अनुमान भइरहँदा निर्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् ।

निकट स्रोतका अनुसार अनमोलले छाडेको भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेका थिए । तर यो फिल्म खेल्न प्रदीपले एउटा सर्त राखेका छन् । त्यो हो, यसअघि घोषणा भएअनुसार बलिउड अभिनेता सुनिल सेट्टी पनि फिल्ममा हुनुपर्ने । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ गर्ने ग्रीन सिग्नल दिएका छन् ।

सुनिललाई पनि फिल्ममा लिनुपर्ने प्रदीपको सर्तपछि अब निर्माताले परिस्थितिलाई कसरी अघि बढाउँछन्, यो कुरा रोचक हुन सक्छन् । एक्स–नाइनमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत पनि अनुबन्धित भइसकेका छन् । गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्न लागेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>