मनोरञ्जन
‘अवतारः द वे अफ वाटर’ बन्यो नेपालमा धेरै कमाउने हलिउड फिल्म
०

काठमाडौं, माघ ८-
जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार ःद वे अफ वाटर’ नेपालमा अहिलेसम्म सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । प्रदर्शनको पाँच सातासम्म फिल्मले ९ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।
केही मल्टिप्लेक्समा मात्र चलिरहेको र आउने बुधबारदेखि बलिउडको ‘पठान’ रिलिज हुने भएपछि ‘अवतार’को दोस्रो श्रृंखलालाई उक्त कीर्तिमान राख्न चुनौतीपूर्ण हुने देखिन्छ ।
दोस्रो सर्वाधिक कमाउने ‘स्पाइडरम्यानः नो वे होम’ (७ करोड ३० लाख) र एभेन्जर्स एन्डगेम (६ करोड ८० लाख) को रेकर्डलाई समेत यसले उछिनेको छ । के ‘अवतार २’ले नेपाली बक्स अफिसमा १० करोड कमाइको आँकडालाई पार गर्ला, यो कुरा भने अन्योलमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























