समाज

जुम्लामा जडीबुटी मिसाएको खाजा खाएपछि एक जनाको ज्यान गयो, तीन जना बिरामी

Banner

जुम्ला, माघ ८-

जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको हो ।

चन्दननाथ-८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

हिजो शनिबार दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>