खेलकुद

ब्याटिङको समय मैदानमा पसेर सिधै अँगालो हाल्ने साना फ्यानप्रति दयालु हुन र कुनै कारबाही नगर्न रोहितको अनुरोध

Banner

काठमाडौं, माघ ८-

गएराति भारत र न्यूजिल्याण्डबीचको तीन एकदिवसीय शृंखलाको दोस्रो खेलका क्रममा एउटा अनौठो दृश्य देखियो।

शनिबार रायपुरमा भएको खेलमा कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै भारतलाई एक खेल अगावै सिरिज जिताए। तर यस दौरान खेलमा उत्कृष्ट क्षण देखियो।

रोहित शर्माले ब्याटिङ गरिरहेको बेला उनका साना फ्यान मैदानमा पसे। उनले सिधै रोहित शर्मालाई अँगालो हाले।

१० औं ओभरमा रोहित शर्माले उत्कृष्ट छक्का प्रहार गरेका थिए। बल दर्शक बसेको ठाउँमा पुग्यो। रोहितले छक्का प्रहार गरेलगत्तै ती साना फ्यान सुरक्षाकर्मीलाई छलेर मैदानमा छिरे। दौडेर भारतीय कप्तानकहाँ गएर अँगालो मारे।

तत्कालै सुरक्षाकर्मीले उनलाई हटाए। रोहित शर्माले सुरक्षा गार्डलाई ती सानो फ्यानप्रति दयालु हुन आग्रह गर्दै उदारता देखाए। उनले ती बालकलाई कुनै कारबाही नगर्न अनुरोधसमेत गरेका थिए। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>