मनोरञ्जन

म्युजिक अवार्ड कार्यक्रममा राजेश हमाललाई अध्यक्ष ओलीले प्रदान गरे महानायकको सम्मान

Banner

काठमाडौं, माघ ८-

चौंथो एपिक म्युजिक अवार्ड कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा गर्दै सम्मान प्रदान गरेका हुन् ।

सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि थिए । तस्वीरः रत्न श्रेष्ठ, रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>