कृषि

भरतपुरको गंगानगर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा पुनः सापकोटा

Banner

चितवन, माघ ७-

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पुनः कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।

२९ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट सापकोटाको अध्यक्षमा ११ सदस्य सर्वसमतरुपमा नयाँ कार्यसमिति गठन भएको हो ।

निर्वाचन अधिकृत रामजीप्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल र सदस्यहरुमा माधवराज थपलिया, बिष्णु माया सापकोटा, सुमित्रा अधिकारी, छायादत्त पराजुली, सुर्य प्रकाश महतो, बोधराज सापकोटा, डम्बर बहादुर थापा, विश्वराज सापाकोटा र शिला घिमिरे चयन भएका छन् । नवराज ढकालको संयोजकमा दुर्गाप्रसाद आचार्य (अमर) र टीकाराम ओझा सदस्य रहने गरी तीन सदस्य लेखा समिति समेत निर्विरोध चयन भएको छ । नयाँ समितिले अब २०८३ साल सम्म काम गर्नेछ ।

पुनः अध्यक्ष बनेसँगै कृष्णप्रसाद सापकोटाले सहकारीको उत्पादन ‘गंगा’ ब्रान्डलाई नेपालभरी बिस्तार गर्न लाग्ने बताएका छन् । उनले भने, ‘पहिलो कार्यकालमा संस्था खोल्न र बजारीकरण गर्न सुरु भएको छ । अब यसलाई देशभरी पुराउन लाग्ने छु ।’ उनले दूध व्यवसायमा लागेर पलाएन भएका किसानलाई व्यवसायिक बनाउन पनि आफू सक्रिय रहने बताए । मेरो प्रथमिकता यस क्षेत्रका किसानलाई सहकारी मार्फत व्यवसायिक बनाउनु, संस्थाको उत्पादनलाई बढाउँदै बजारी करण गर्नु पहिलो प्राथमिकता हो’ उनले भने ।

२०४९ सालमा स्थापना भएको यस सहकारीले किसानको दूध संकलनसँगै ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ । किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा सञ्चालित यस सहकारीको आफ्नै नमुना पशुपालन फार्म पनि छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ । अहिले यो सहकारीमा ५०० बढी किसान आबद्ध छन । सहकारीको धनौजीको प्रधान कार्यलय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको छ ।

संकलित दूध आफैले प्रशोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाइका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले बताए । चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>